एसियन गेम्स क्रिकेट छनोट : ओमानलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।
सिंगा ओभल ग्राउन्डमा आइतबार विहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरुा गर्यो ।
नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएर अविजित रहे । रोहित पौडेल २१ रनमा अविजित रहे ।
त्यसअघि कुशल भुर्तेलले २० अनि आसिफ शेखले १ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो ।
ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए । जुबेर अली अकबरले २२ रन बनाए ।
नेपालका लागि करण केसीले ३ विकेट लिए । सोमपाल कामी, सन्दीप लामिछानेले २-२ विकेट लिए । शाहब आलम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले १-१ विकेट लिए ।
नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ । हङकङ र मलेसियाबीच दिउँसो सवा १२ बजेदेखि खेल हुनेछ ।
सुनचाँदीको मूल्य आज पनि घट्यो
कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा
मैत्रीपूर्ण खेलमा जर्मनी र पोर्चुगलको रोमाञ्चक जित
नेपाली ब्रो प्रकरणमा नयाँ मोड: मृतक ईश्वरी भुजेलको परिवारद्वारा थप व्यक्तिमाथि…
ककरोच पार्टीले मोदीलाई दियो सात दिनको अल्टिमेटम
प्रधानमन्त्रीको व्यङ्ग्यात्मक स्टाटस- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनु…
रुसमा युक्रेनको भीषण ड्रोन आक्रमण
प्रतिक्रिया