'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
खान सर’ का नामले परिचित चर्चित शिक्षक तथा युट्युबर फैसल खान विरुद्ध पटना प्रहरीले एफआईआर दर्ता गरेपछि उनी पक्राउ गर्ने सम्भावना बढेको छ ।
एफआईआर बिहारको पटनास्थित कदमकुआँ क्षेत्रमा रहेको उनको कोचिङ संस्थानमा भएको गोलीकाण्डसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जुन २ मा खान सरको कोचिङ सेन्टरमा झडप भएको थियो । घटनापछि सार्वजनिक भएका भिडियोहरूमा उनका सुरक्षागार्डहरूले गोली चलाएको देखिएको थियो । यस घटनामा संलग्न रहेको आरोपमा दुई सुरक्षागार्डलाई पक्राउ गरी जेल पठाइसकिएको छ ।
अनुसन्धानका क्रममा सुरक्षागार्डहरूले खान सरकै निर्देशनमा गोली चलाइएको बयान दिएको दाबी प्रहरीले गरेको छ । त्यसपछि हत्या प्रयास र हतियारसम्बन्धी कानुनी प्रावधानअन्तर्गत मुद्दा दर्ता गरिएको बताइएको छ ।
घटनाको सुरुआत भने जुन २ को राति खान ग्लोबल स्टडिज इन्स्टिच्युटमा ढुंगामुढा र तोडफोडबाट भएको थियो । प्रारम्भिक अनुसन्धानमा अर्को एक कोचिङ संस्थासँग आबद्ध १५ देखि २० जनाको समूहले आक्रमण गरेको आशंका गरिएको छ ।
खान सरले यसअघि प्रतिस्पर्धी कोचिङ संस्थासँगको विवादका कारण आफ्नो संस्थामाथि आक्रमण भएको दाबी गरेका थिए । यद्यपि, पछिल्ला घटनाक्रमपछि उनी स्वयं पनि अनुसन्धानको दायरामा आएका छन् ।
पटना प्रहरीका वरिष्ठ अधिकारीहरूले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएका छन् । खान सरलाई सोधपुछका लागि बोलाइने तथा आवश्यक परे पक्राउसमेत गर्न सकिने संकेत प्रहरीले दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
घरेलु हिंसा र न्यायप्रति प्रश्न: एलिना चौहानको भावुक अपिल, उजुरी बेवास्ता भएक…
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षे…
अमेरिका र इरान फेरि एक–अर्काविरुद्ध आक्रमणमा, कुवेतमा बजाइयो खतराको साइरन
दिल्ली पुगेलगत्तै अभिजीतले भने : प्रदर्शन शान्तिपूर्ण हुन्छ, शिक्षामन्त्रीले राजीन…
चार फुटबल स्टार : फिफा विश्वकप २००६ देखि २०२६ सम्म
प्रतिक्रिया