ट्राफिक नियम मिचेर भिडियो खिच्ने सांसद हर्क साम्पाङमाथि कारबाही हुने
काठमाडौँ — एक हातले मोटरसाइकल चलाउँदै मोबाइलबाट भिडियो (सेल्फी) खिचेर दुर्घटनामा परेका सांसद हर्क साम्पाङमाथि ट्राफिक कारबाही हुने भएको छ। कोशी प्रदेशका प्रहरी उपरीक्षक (SP) दीपक गिरीले नियम सबैका लागि बराबर हुने भन्दै उनीमाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको पुष्टि गरेका छन्।
उदयपुरको कटारीबाट बेलकातर्फ जाने क्रममा सांसद साम्पाङले हेल्मेटको फित्ता नलगाई एक हातले बाइक र अर्को हातले मोबाइल समातेर भिडियो खिचिरहेका थिए। सोही समयमा बाइक अनियन्त्रित भई दुर्घटना हुँदा उनको हातमा सामान्य चोट लागेको छ भने कपडा च्यातिएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
कानुन निर्माताले नै ट्राफिक नियमको धज्जी उडाएको भन्दै सामाजिक सञ्जालमा नागरिकहरूले नेपाल प्रहरीलाई ट्याग गरेर कारबाहीको तीव्र माग गरेका थिए। चौतर्फी आलोचनापछि प्रहरीले उनको चालक अनुमति पत्र (लाइसेन्स) र सवारीको ब्लुबुक माग गरी जरिवाना गर्ने तयारी गरेको छ। यता साम्पाङले भने आफू आफैँ लडेकाले देशलाई कुनै नोक्सान नपुर्याएको भन्दै आफ्नो बचाउ गरेका छन्।
रूस-युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
बिमस्टेकको वार्षिक उत्सवमा प्रधानमन्त्री बालेनले दिए शुभकामना
दिल्लीमा परराष्ट्रमन्त्री खनाल र भाजपा नेता चौथाईवाबीच भेटघाट
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
सडक सञ्जालमा जोडियो अपि
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्ने
राजेश हमाललाई आफ्नो पार्टीमा भित्र्याउने हर्क साम्पाङको धोको
प्रतिक्रिया