राजेश हमाललाई आफ्नो पार्टीमा भित्र्याउने हर्क साम्पाङको धोको
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले अभिनेता राजेश हमाललाई आफ्नो पार्टीमा भित्र्याउने धोको रहेको बताएका छन्।
साम्पाङले शनिबार सामाजिक सञ्जालमार्फत हमाललाई आफ्नो पार्टीमा आबद्ध गराउने इच्छा सार्वजनिक गरेका हुन्।
उनले लेखेका छन्, ‘महानायक राजेश हमालज्यूलाई श्रम संस्कृतिमा ल्याउने धोको छ। जय श्रम। जय संस्कृति। जय माटो। जय देश।’
माओवादी पृष्ठभूमिका नेता सुदन किरातीको समूहलाई श्रम संस्कृतिमा समाहित गरिसकेका साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पनि आफ्नो पार्टीमा ल्याउने प्रयास गरिरहेका छन्।
यसका लागि उनले निम्तोसमेत पठाइसकेको बताएका छन्। तर यस विषयमा घिसिङले भने अहिलेसम्म सार्वजनिक टिप्पणी गरेका छैनन्।
रूस-युक्रेन तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
बिमस्टेकको वार्षिक उत्सवमा प्रधानमन्त्री बालेनले दिए शुभकामना
दिल्लीमा परराष्ट्रमन्त्री खनाल र भाजपा नेता चौथाईवाबीच भेटघाट
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
सडक सञ्जालमा जोडियो अपि
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्ने
ट्राफिक नियम मिचेर भिडियो खिच्ने सांसद हर्क साम्पाङमाथि कारबाही हुने
प्रतिक्रिया