चार फुटबल स्टार : फिफा विश्वकप २००६ देखि २०२६ सम्म

काठमाडौं । यही जुन ११ देखि सुरु हुने फिफा विश्वकप २०२६ का लागि सहभागी ४८ राष्ट्रकै अन्तिम टोली घोषणा भइसकेको छ र अब अमेरिका, मेक्सिको र क्यानडा विश्व फुटबलको महाकुम्भ आयोजनाका लागि तयार छन् ।

विश्वकप इतिहासमै सबेभन्दा धेरै टिम सहभागी यस विश्वकपमा सर्वाधिक १०४ खेल हुनेछ भने ३९ दिनसम्म उत्तर अमेरिकाको १६ स्टेडियममा खेलहरु हुनेछन् ।

४८ टिमको अन्तिम टोलीमा २६-२६ खेलाडी समावेश छन् । जसमा कल १ हजार २४८ खेलाडी यस पटक विश्वकपका लागि उत्तर अमेरिकामा भेला हुनेछन् । त्यसमा कति खेलाडीले विश्वकप खेलिसकेका छन् र विश्वकप नै जितिसकेका छन् भने अधिकांश खेलाडी पहिलो पटक विश्वकप खेल्ने तयारीमा छन् ।

त्यसमध्ये २२ खेलाडीले यसअघि नै विश्वकप जितिसकेका छन् भने कम्तीमा एक पटक विश्वकप खेलिसकेका ३ सय भन्दा बढी खेलाडी छन् ।

तर यो १ हजार २४८ खेलाडीको सूचीमा चार खेलाडी यस्ता छन् जो आफ्नो करियरको अन्तिम विश्वकप खेल्दै छन् अनि दुई दशक अघिदेखि नै विश्वकप खेल्ने टिममा समावेश भएका छन् ।

अर्थात् सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा समेत स्थान बनाएका चार खेलाडी अहिले २०२६ को विश्वकप खेल्ने टिममा समेत छन् । ती चार खेलाडी भने यस मानेमा भाग्यमानी पनि बने र उनीहरुको मिहिनेतले पनि यो स्थानमा पुर्‍याएको हो ।

साविक विजेता अर्जेन्टिनाका स्टार लियोनल मेस्सी, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो, क्रोएसियाका मिडफिल्ड मेस्ट्रो लुका मोड्रिच र मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआ सन् २००६ देखि २०२६ को विश्वकपसम्म टिममा समावेश भएका छन् ।

त्यसमध्ये मेस्सी र रोनाल्डोले यसअघिको सबै पाँच संस्करण विश्वकप खेलेका छन् र यस पटक फिफा विश्वकप २०२६ खेलेमा छैटौं पटक विश्वकप खेल्ने कीर्तिमान बनाउनेछन् । यस्तै मोडरिचले सन् २००६ मै डेब्यु गरेपनि २०१० को संस्करणमा भने क्रोएसिया छनोट नहुँदा खेल्न पाएनन् ।

मेक्सिन गोलकिपर ओचाओले पनि २००६ कै विश्वकपमा स्थान बनाएपनि उनले २००६ र २०१० को दुई विश्वकपमा भने कुनै खेल खेलेनन् । उनले २०१४ देखि २०२२ सम्म लगातार तीन पटक विश्वकप खेलेका थिए ।

विश्वकपमा चार खेलाडीको विशेषता यस्तो छ:

लियोनल मेस्सी

अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीले सन् २००६ मा विश्वकपमा डेब्यु गर्दे लगातार पाँच संस्करणमा विश्वकप खेलेका छन् । ३८ वर्षीय मेसीले ५ विश्वकपमा कुल २६ खेल खेलेका छन् र फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान नै आफ्नो नाममा लेखाएका छन् ।

साथै मेस्सीले सन् २०२२ मा कतारमा भएको विश्वकप जित्दै आफ्नो करियरलाई पूर्ण बनाएका छन् भने उनले दुई पटक उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल समेत जितेका छन् ।

२०२२ मा उनले विश्वकप सहित उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए । यस्तै ७ गोल गरेका मेसीले सिल्भर बल जितेका थिए । फ्रान्सका पिलिएन एमबाप्पे (८) भन्दा मेस्सी एक गोलले मात्र पछि परेका थिए ।

यस्तै मेस्सीले विश्वकपमा अहिलेसम्म १३ गोल गरिसकेका छन् र उनी सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजभन्दा ३ गोलले मात्र पछि छन् । २०२६ को विश्वकपमा उनले थप ४ गोल गरेमा उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन् ।

मेस्सीले सन् २००६ को विश्वकपमा ३ खेल खेल्दै १ गोल गरेका थिए भने २०१० मा ५ खेल खेल्दा कुनै गोल गर्न सकेनन् । यस्तै सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेटिनालाई फाइनल पुर्‍याएका उनले ७ खेलमा ४ गोल गर्दै गोल्डेन बल समेत जिते ।

सन् २०१८ मा रूसमा भएको विश्वकपमा क्वाटरफाइनलसम्म पुग्दा ४ खेल खेल्दै १ गोल गरे । सन् २०२२ को कतार विश्वकप भने मेस्सीको लागि सबैभन्दा सम्झनलायक विश्वकप बन्यो ।

उनले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप उपाधि जिताउने क्रममा ७ खेल खेल्दै ७ गोल नै गरे भने विश्वकप ट्रफी र गोल्डेन बल अवार्ड दुवै जिते ।

क्रिस्टियानो रोनाल्डो

४१ वर्षीय क्रिस्टियानो रोनाल्डो यस पटक विश्वकप खेल्ने बुढा खेलाडीको सूचीमा छन् । उनले पनि मेस्सीले जस्तै सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा डेब्यू गरेका थिए ।

त्यसयता रोनाल्डोले लगातार विश्वकप खेल्दै आएका छन् । तर वर्तमान युगमा मेस्सी र रोनाल्डो दुई स्टार फुटबलरको रुपमा रहेपनि उनले विश्वकप उपाधि भने जित्न सकेका छैनन् ।

सन् २००६ मा पहिलो पटक विश्वकप खेल्दा नै पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो । तर त्यसपछि भने पोर्चुगल क्वाटरफाइनल भन्दा अघि बढ्न सकेको छैन ।

यस पटक रोनाल्डो अन्तिम पटक विश्वकप खेल्दै छन् र रोनाल्डोका समर्थक देखि फुटबल फ्यानहरू पनि रोनाल्डोले विश्वकप जितोस् भन्ने कामना गरिरहेका छन् । त्यो चाहना पुरा हुन्छ कि हुँदैन त्यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

रोनाल्डोले विश्वकपमा अहिलेसम्म २२ खेल खेलिसकेका छन् भने ८ गोल गरेका छन् ।

सन् २००६ को डेब्यू विश्वकपमै उनले ६ खेल खेल्दै १ गोल गरेका थिए । यस्तै सन् २०१० मा दक्षिण अफ्रिकामा उनले ४ खेल खेल्दा १ गोल गरे । २०१४ मा पोर्चुगल समूह चरणबाटै बाहिरिँदा रोनाल्डोले ३ खेल खेल्दै १ गोल मात्र गरे ।

सन् २०१८ मा रूसमा भएको विश्वकपमा भने रोनाल्डोले ४ खेल भने उनले स्पेन विरुद्ध ह्याट्रिकसहित यस संस्करणमा ४ गोल गरे । यस्तै सन् २०२२ मा कतारमा भएको विश्वकपमा रोनाल्डोले ५ खेल खेल्दा १ गोल मात्र गरे ।

रोनाल्डो लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो र एक मात्र खेलाडी हुन् ।

लुका मोडरिच

४० वर्षीय मोडरिचले सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा डेब्यू गर्दै २ खेल खेलेका थिए । यस्तै सन् २०१४ को ब्राजिल विश्वकपमा उनले ३ खेल खेलेका थिए ।

सन् २०१८ मा रूसमा भएको विश्वकपमा भने क्रोएसियाले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको स्थान बनाएको थियो । तर फ्रान्ससँग पराजित हुँदा क्रोएसिया उपविजेता बन्यो । तर लुका मोडरिचले उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड जिते ।

यस्तै २०२२ को कतार विश्वकपमा पनि क्रोएसियाले उत्कृष्ट लय कायम राख्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । जहाँ क्रोएसिया तेस्रो हुँदा मोडरिचले ब्रोन्ज बल प्राप्त गरे ।

२०२६ मा मोडरिचले आफ्नो देशको कप्तानी गर्दै पाँचौ पटक विश्वकप खेल्दैछन् । उनले यसअघि चार संस्करणमा कुल १९ खेल खेलेका छन् ।

गुइलेर्मो ओचोआ

४० वर्षीय ओचोआले सन् २००६ मे मेक्सिकन टिममा स्थान बनाएका थिए । तर उनले जर्मनीमा कुनै खेल खेल्न पाएनन् । यस्तै चार वर्षपछि २०१० मा पनि दक्षिण अफ्रिका भ्रमण गर्दा उनले कुनै अवसर पाएनन् ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा भने ओचोआले मेक्सिकोका लागि सबै ४ खेल खेले । उनले ब्राजिल विरुद्धको खेलमा क्लिनसिट नै राखेका थिए ।

यस्तै सन् २०१८ मा रूसमा भएको विश्वकपमा पनि ओचोआले सबै ४ खेलमा सुरुवात गर्दै खेले ।

सन् २०२२ को कतार विश्वकपमा उनले समुह चरणको ३ वटे खेल खेले । जहाँ उनले पोल्यान्डका कप्तान रोवर्ट लेवान्डोस्कीको पेनाल्टी ने बचाएका थिए ।

पाँच विश्वकपमा टिममा परेर पनि तीन संस्करण मात्र खेल्ने अवसर पाएका ओचोआले विश्वकपमा ११ खेल खेलेका छन् ।

रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी

रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी

विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

घरेलु हिंसा र न्यायप्रति प्रश्न: एलिना चौहानको भावुक अपिल, उजुरी बेवास्ता भएको आरोप

घरेलु हिंसा र न्यायप्रति प्रश्न: एलिना चौहानको भावुक अपिल, उजुरी बेवास्ता भएक…

सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षे…

अमेरिका र इरान फेरि एक–अर्काविरुद्ध आक्रमणमा, कुवेतमा बजाइयो खतराको साइरन

अमेरिका र इरान फेरि एक–अर्काविरुद्ध आक्रमणमा, कुवेतमा बजाइयो खतराको साइरन

दिल्ली पुगेलगत्तै अभिजीतले भने : प्रदर्शन शान्तिपूर्ण हुन्छ, शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ

दिल्ली पुगेलगत्तै अभिजीतले भने : प्रदर्शन शान्तिपूर्ण हुन्छ, शिक्षामन्त्रीले राजीन…

'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना

'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना

सत्तादेखि सडकसम्मको आरोह–अवरोहपछि रास्वपाको ‘साख जोगाउने परीक्षा’ सुरु: एकैचोटि ६५ जिल्लामा अधिवेशन

सत्तादेखि सडकसम्मको आरोह–अवरोहपछि रास्वपाको ‘साख जोगाउने परीक्षा’ सुरु: एकैच…