लेबनानमा इजरायली आक्रमण जारी रहे प्रत्यक्ष कदम चाल्न सक्ने इरानको चेतावनी
अमेरिकासँग वार्ता जारी रहेको संकेत इरानले दिएको छ ।
तर लेबनानमा भने इजरायली आक्रमण जारी रहे कूटनीति रोकिन सक्ने र प्रत्यक्ष कदम चाल्न सक्ने चेतावनी पनि दिएको छ ।
इरानका अर्धसरकारी समाचार संस्था मेह्र न्यूज एजेन्सीले मङ्गलबार जनाएअनुसार अमेरिका–इरानबिचको अस्थायी युद्धविराम सम्झौतासम्बन्धी अन्तिम मस्यौदा अझै तेहरानमै छलफलका क्रममा छ, यसले वार्ता पुनः सही दिशामा फर्किएको संकेत गरेको हो ।
यसअघि राज्यसम्बद्ध तस्निम न्युज एजेन्सीले इजरायलको लेबनानमा जारी आक्रमणका कारण वार्ता रोकिएको दाबी गरेको थियो । तर पछिल्ला रिपोर्टहरूले वार्ता पुनः सक्रिय भएको देखाएका छन् । तर इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले कडा चेतावनी दिँदै इजरायलले लेबनानमाथि आक्रमण जारी राखे कूटनीतिक प्रक्रिया नै रोक्न सकिने बताएका छन् ।
उनले लेबनान संसदका अध्यक्ष नाबिह बेरीसँगको कुराकानीमा भने, ‘यदि लेबनानमा जियोनिस्ट शासनका अपराधहरू जारी रहे भने हामी वार्ता मात्र रोक्ने छैनौँ, उनीहरूको विरुद्ध प्रत्यक्ष कदम पनि चाल्नेछौँ, इरान र लेबनानका जनताबिचको भाइचारा अमर रहोस् ।’
चेक बाउन्समा सर्वोच्चको नजिर: साँवासँगै १० प्रतिशत ब्याज पनि तिर्नुपर्ने फैसला
संसदमा जंगिए ज्ञानेन्द्र शाही, करका दर हेरफेरबारे कसलाई थाहा हुन्छ ?
सुपारीखेतीमा इलामका किसानको लगाव
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्क…
तीन लाखबाट तल झर्यो सुनको मूल्य
केयरगिभरका लागि आवेदन दिन पासपोर्टको म्याद कम्तीमा एक वर्ष हुनुपर्ने
युद्धविरामपछि फेरि आक्रमण सुरु
प्रतिक्रिया