इरान युद्ध अघिनै इजरायलले इराकी मरुभूमिमा बनाएको थियो सैन्य शिविर
इराकको पश्चिमी मरुभूमिमा दुई गोप्य सैन्य आउट पोस्ट बनाएको आरोप इजरायलमाथि लागेको छ ।
द न्यूयोर्क टाइम्सले आइतबार सार्वजनिक गरेको रिपोर्टमा अमेरिकी–इजरायल–इरान युद्धको तयारीका क्रममा यी संरचना निर्माण गरिएको दाबी गरिएको छ ।
रिपोर्टअनुसार इराकी अधिकारीहरूले पश्चिमी मरुभूमिमा इजरायलद्वारा सञ्चालन गरिएका दुई गोप्य बेस पहिचान गरेका छन् । एक इराकी अधिकारी र एक सांसदलाई उद्धृत गर्दै उक्त दाबी गरिएको हो ।
अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले यसअघि प्रकाशित रिपोर्टमा एउटा बेस युद्ध सुरु हुनुअघि नै स्थापना गरिएको र त्यसमा अमेरिकाको जानकारी रहेको उल्लेख गरेको थियो । उक्त संरचना इजरायली विशेष फौजको लागि प्रयोग भएको र हवाई अपरेसनका लागि रसद केन्द्रको रूपमा काम गरेको बताइएको छ । रिपोर्टका अनुसार उक्त बेसमा दुर्घटनाग्रस्त पाइलटहरूको खोज तथा उद्धार क्षमता पनि राखिएको थियो ।
साथै मार्चको सुरुमा इराकी युनिटहरू उक्त स्थान नजिक पुगेपछि इजरायली सेनाले आक्रमण गरेको दाबीसमेत गरिएको छ । उपग्रह तस्बिर विश्लेषण गर्ने स्वतन्त्र विज्ञहरूले उक्त सम्भावित स्थान इराक–साउदी अरेबिया सीमा नजिक रहेको बताएका छन् ।
इराकी अधिकारीहरूले भने आफ्नो भूमिमा कुनै पनि विदेशी सैन्य उपस्थिति अनुमति नभएको स्पष्ट पारेका छन् । इराकी संयुक्त अपरेसनका उपकमान्डर लेफ्टिनेन्ट जनरल कैस अल–मुहम्मदवीले कुनै पनि स्थानमा विदेशी फौजको उपस्थिति स्वीकार्य नभएको बताएका छन् ।
यसैबिच, इजरायलका पूर्व वायुसेना प्रमुख मेजर जनरल तोमेर बारले युद्धका क्रममा इजरायली विशेष फौजले असाधारण अपरेसनहरू सञ्चालन गरेको बताएका छन्, यद्यपि उनले ती अपरेसन कहाँ गरिएको हो भन्ने स्पष्ट पारेका छैनन् ।
प्रधानमन्त्री शाहले लगाएको गोल्डस्टारको ‘बालेनले लगाएको जुत्ता’
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या ३५ नाघ्यो, २०० भन्दा बढी घाइते
विश्वकपमा इतिहासकै ठूलो परिवर्तन! नयाँ नियमले फुटबललाई ‘मेकानिकल’ बनाउने डर
रास्वपा मधेशका जिल्ला-पालिका अधिवेशन : कतै विवाद, कतै कुटाकुट
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
रास्वपाको प्रदेश अधिवेशन आजदेखि, बागमतीको रविले उद्घाटन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै
प्रतिक्रिया