भक्तपुरमा नमूना मतदान सम्पन्न
भक्तपुरमा नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुर र मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त आयोजनामा आज चाँगुनारायण नगरपालिका खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रमा नमूना मतदान गरिएको हो ।
निर्वाचनका दिन मतदाता तथा कर्मचारीले अपनाउनुपर्ने सम्पूर्ण प्रक्रिया व्यवहारमै अभ्यास गराउने उद्देश्यले नमूना मतदान गरिएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । विगतका निर्वाचनमा देखिएको मत बदरको समस्या न्यूनीकरण गर्नुका साथै मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराउने लक्ष्यसहित नमूना मतदान गरिएको हो ।
मतदान केन्द्रमा खटिने कर्मचारीहरूको जिम्मेवारी भूमिका विभाजन र आपसी समन्वयबारे समेत छलफल गरिएको थियो । कार्यक्रममा निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन नमूना मतदान अत्यन्त उपयोगी हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकाल, जिल्ला प्रहरी परिसरका प्रमुख सूर्यबहादुर खड्का, मुख्य निर्वाचन अधिकृत नवराज दाहाल, जिल्ला निर्वाचन अधिकारी प्रकाश मगरलगायतको उपस्थित थियो ।
ज्यान मुद्दाका दोषी २६ वर्षपछि पक्राउ
मानव सभ्यताको आधार नै नैतिकता, सत्य र आपसी सम्मानमा
जेनजी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ
जेनजी आन्दोलनका शहीद परिवार भेट्न पुगे रवि लामिछाने
विचार : देशको राजनीतिक निकास,नयाँ पुस्ताको आवाज र पुरानो नेतृत्वको आत्मबोध
आलेख : बिरानो बन्यो मेची पारिको नेपाल
विचारः अनलाइन सञ्चार माध्यम व्यवस्थापनका वैकल्पिक मार्ग
प्रतिक्रिया