पुटिनलाई जेलेन्स्कीको खुलापत्र: ‘युद्ध अन्त्य गर्ने भए तपाईं र म भेटवार्ता गरौँ’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग जारी युद्ध अन्त्यका लागि नयाँ प्रस्ताव राखेका छन्।

उनले शुक्रबार सामाजिक सञ्जालमा खुलापत्र लेख्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई आमनेसामने भेटवार्ता गर्न आग्रह गरेका हुन्।

जेलेन्स्कीले लेखेका छन्, ‘युरोपमा जारी युद्ध फेरि एकपटक अमेरिकाको ध्यानको केन्द्रबिन्दु नबनोस्, पर्खनु मात्र गलत हुनेछ।’

उनले अगाडि लेखेका छन्, ‘युक्रेन र रुसबिच प्रत्यक्ष वार्ताबाट मात्र शान्ति सम्भव छ।’

उनले प्रस्तावित वार्ता नहुँदासम्मका लागि पूर्ण युद्धविराम गर्न पनि आह्वान गरेका छन्। तर त्यो प्रस्ताव पुटिनले बिहीबारअघि नै अस्वीकार गरिसकेका छन्। 

तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भनेका छन्, ‘दुई नेता (पुटिन र जेलेन्स्की) भेटे त एकदमै राम्रो हुनेछ।’ 

जेलेन्स्कीले टिप्पणी गरेका छन्, ‘२६ वर्ष सत्तामा बसेपछि पुटिनमा बढ्दो उमेरका असर देखिन थालेका छन्।’

पत्रमा जेलेन्स्कीले पुटिनलाई भेटवार्ताका लागि पनि प्रस्ताव गरेका छन्। 

जेलेन्स्कीले लेखेका छन्, ‘युक्रेन हामी र तपाईंबिच प्रत्यक्ष वार्तामार्फत यो युद्ध अन्त्य गर्ने प्रस्ताव राख्छ। यसका लागि म भेटवार्ताको प्रस्ताव गर्दै छु।