पुटिनको समीक्षा- भारतसँग हाम्रो सम्बन्ध कमजोर हुन्न, पाकिस्तान चीनको नियन्त्रणमा छैन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिण एसियाका दुई परमाणु शक्ति भारत र पाकिस्तानको विदेश सम्बन्धबारे आफ्नो समीक्षा सुनाएका छन् ।
जसमा उनले भारतको साझेदारी अमेरिकासँग जतिसुकै बढेपनि मस्कोसँग लामो समयदेखि चल्दैआएको सम्बन्ध कमजोर हुन नसक्ने दाबी गरेका छन् । भारत शीतयुद्धकालदेखि नै सोभियत संघको व्यावसायिक तथा रणनीतिक साझेदार रहँदैआएको थियो । स्वतन्त्र भएदेखि भारतले रुससँग सैन्य सामग्री तथा प्रविधिसभा पनि तत्कालीन सोभियत संघ(हालको रुस)को सहायता लिँदैआएको थियो ।
पुटिनले त्यही सम्बन्धका आधारमा यस्तो दाबी गरेका हुन् ।
यस्तै, पुटिनले पाकिस्तानसँग चीनको सम्बन्धबारे पनि आफ्नो समीक्षा सुनाएका छन् । उनले आफूलाई ‘पाकिस्तान चीनको नियन्त्रणमा छ जस्तो नलाग्ने’ बताएका हुन् । पाकिस्तान भने शीतयुद्धकाल देखि नै अमेरिकासँग निकट रहँदैआएको मुलुक हो । तर, पछिल्लो समय उसको चीनसँग पनि ठूलै मात्रामा व्यापार, लगानी र रणनैतिक साझेदारी छ ।
उसो त अमेरिकासँग पाकिस्तानको सम्बन्ध पनि बिग्रिएको छैन । पछिल्लो समय इरानसँग अमेरिकाको जारी तनावका क्रममा पाकिस्तानले नै दुई देशबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।
पुटिनले रुससँगको सम्बन्धबारे भारतमाथि दबाब दिने ‘बेकार’ रहेको पनि बताए । त्यस्ता दबाबले दुई देशबीचको सम्बन्ध बदलिने सम्भावना पनि नरहेको उनले बताएका छन् ।
युक्रेनसँग युद्धरत रहेको रुससँग इन्धन नकिन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि दबाब दिँदैआएका छन् । त्यसक्रममा भारतमाथि ट्यारिफ पनि लादेका छन् । यही कुरालाई संकेत गर्दै पुटिनको यो बयान आएको बुझ्न सकिन्छ ।
आगामी सेप्टेम्बरमा भारतमा ब्रिक्स सम्मेलन हुँदैछ । त्यसमा पुटिन पनि सहभागी हुन भारत आउनेछन् । त्यसअघि पुटिनले भारत र पाकिस्तानबारे यस्तो धारणा सुनाएका हुन् ।
नेपालमा मनसुन आउन १ हप्ता लाग्ने
परेडमा बेलायती राजाले भने– गोर्खा सैनिक देख्दा गौरव लाग्छ
अभिषेक बनर्जीमाथि भएको आक्रमणमा ममता बनर्जीले के भनिन्?
दक्षिण दिल्लीमा पाँच तले भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा फसेको आशंका
पहिले सुनसान सडक, अब ट्राफिक जामः उत्तर कोरियामा नयाँ परिवर्तन
पुटिनलाई जेलेन्स्कीको खुलापत्र: ‘युद्ध अन्त्य गर्ने भए तपाईं र म भेटवार्ता गरौँ’
दिल्लीको होटलमा आगलागी: बाथरुमभित्र अँगालो मारेको अवस्थामा मृत भेटिए एक जोडी
प्रतिक्रिया