एसईईमा समावेश हुने विद्यार्थीको लागि परीक्षा फारम खुला (हेर्नुहोस् सूचना)
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा- १० ले २०८१ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा- १० (एसईई)मा समावेश हुने विद्यार्थीको लागि परीक्षा फारम खुला गरेको छ।
शुक्रबार सूचना जारी गर्दै कार्यालयले आजदेखि आगामी माघ १२ गतेसम्म परीक्षार्थीले फारम भरिसक्न भनेको हो।
माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाईसमेत फारम भराउन कार्यालयले आग्रह गरेको छ।
सबै शिक्षा विकास निर्देशनालय, बोर्डका प्रदेश र शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय इकाईं, स्थानीय तहका शिक्षा शाखा, महाशाखा, विद्यालय तथा विद्यार्थीलाईसमेत समयमै एसईई परीक्षाको फारम भर्न कार्यालयले आग्रह गरेको हो।
एसईईको फारम दस्तुर कार्यालयले पाँचसय रुपैयाँ तोकेको छ।
हेर्नुहोस् सूचना


रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
रास्वपाको जिल्ला अधिवेशनमा देशभर रवि पक्ष हाबी, बालेन र विवेकशील समूह कमजोर
सुधन गुरुङको सेयरमा स्रोत लगानी भेटियो, भेटिएन दीपक भट्टसँगको कारोबार !
सदनको अवरोध हटाउन रविकै भूमिका खोज्दै सभामुख, भएन पहल
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका …
ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जना पक्राउ
रविले बोलाएको सर्वदलीय बैठकले संसद्को गतिरोधमा जुटाउला सहमति ?
प्रतिक्रिया