साताको तेस्रो दिन: ३३.१५ अंकले बढ्यो नेप्से, साढे ५ अर्बभन्दा बढीको कारोबार

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो कारोबारमा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो कारोबारमा ८.९० अंकले बढेको बजार आजको कारोबारमा ३३.१५ अंकले बढेको हो । आजको कारोबार पश्चात बजार परिसूचक २११५.२४ विन्दुमा उक्लिएको छ । आजको कारोबारमा २०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको सेयर मूल्य घटेको छ । बजारसँग कारोबारमा पनि बढोत्तरी भएको छ । 

बजार बढ्दा  ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँ बराबरको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ७४ हजार ८७७ पटकमा खरिद बिक्री भएको छ । अघिल्लो दिनको कारोबारमा ५ अर्ब ५० करोडको सेयर खरिद बिक्री भएको थियो ।  साताको तेस्रो कारोबारका दिन  बरण हाइड्रो,  ग्रीन भेन्चर लिमिटेड,  कुथेली बुखरी स्मल हाइड्रो,  भगवती हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढोत्तरी भएको छ ।  

समूहगत उपसूचकतर्फ १३ वटै समूहको सेयर मूल्य बढेको छ । जसमा सबैभन्दा धेरै जलविद्युत् समूह २.५८ प्रतिशतले बढेको छ । यस्तै लाइफ इन्स्योरेन्स २.४० प्रतिशत, फाइनान्स समूह २.१६ प्रतिशत, निर्जीवन बीमा समूह २.१९ प्रतिशतको उच्च बढोत्तरी भएको छ ।