साताको तेस्रो दिन: ३३.१५ अंकले बढ्यो नेप्से, साढे ५ अर्बभन्दा बढीको कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो कारोबारमा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो कारोबारमा ८.९० अंकले बढेको बजार आजको कारोबारमा ३३.१५ अंकले बढेको हो । आजको कारोबार पश्चात बजार परिसूचक २११५.२४ विन्दुमा उक्लिएको छ । आजको कारोबारमा २०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको सेयर मूल्य घटेको छ । बजारसँग कारोबारमा पनि बढोत्तरी भएको छ ।
बजार बढ्दा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँ बराबरको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ७४ हजार ८७७ पटकमा खरिद बिक्री भएको छ । अघिल्लो दिनको कारोबारमा ५ अर्ब ५० करोडको सेयर खरिद बिक्री भएको थियो । साताको तेस्रो कारोबारका दिन बरण हाइड्रो, ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखरी स्मल हाइड्रो, भगवती हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढोत्तरी भएको छ ।
समूहगत उपसूचकतर्फ १३ वटै समूहको सेयर मूल्य बढेको छ । जसमा सबैभन्दा धेरै जलविद्युत् समूह २.५८ प्रतिशतले बढेको छ । यस्तै लाइफ इन्स्योरेन्स २.४० प्रतिशत, फाइनान्स समूह २.१६ प्रतिशत, निर्जीवन बीमा समूह २.१९ प्रतिशतको उच्च बढोत्तरी भएको छ ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया