गाजामा तत्काल युद्धविराम लागू गर्ने प्रस्ताव पारित
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित गरेपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ ।
इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा अमेरिकाको अडानमा परिवर्तन आएपछि बेन्जामिन नेतान्याहुले यो निर्णय गरेको जनाएको छ ।
उनले अमेरिकाको अडानमा परिवर्तन भए भ्रमण रद्द गर्ने धम्की दिएका थिए । यो प्रस्तावको मतदानमा अमेरिकाले भिटो प्रयोग नगरेको भन्दै इजरायल क्रुद्ध बनेको हो।
सोमबार गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै सुरक्षा परिषद्मा ल्याइएको प्रस्ताव स्वीकृत भएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाले यस प्रस्तावमा भएको मतदानमा भाग लिएन ।
व्हाइट हाउसले मतदान प्रक्रियामा सहभागी नहुनु अमेरिकाको नीतिमा परिवर्तन नभएको बताएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले पनि अमेरिकाले आफ्नो निर्णयबारे इजरायलसँग कुरा गर्ने बताए ।
चीनले सोमबार नै गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्ताव पेश गरेको जानकारी दिएको थियो । यसअघि अमेरिकाले ल्याएको प्रस्तावलाई चीन र रुसले भिटो गरेका थिए ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनले यो मस्यौदा प्रस्तावलाई समर्थन गरेको बताए। यो प्रस्ताव तयार गर्न अल्जेरिया र अन्य अरब देशहरूको कडा मेहनतको उनले प्रशंसा गरे।
गत अक्टोबर ७ मा इजरायलमा हमासको हमलापछि गाजामा इजरायली हमलामा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भइसकेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यो तथ्याङ्क सार्वजनिक गरेको हो।
बीबीसी
प्रधानमन्त्री शाहले लगाएको गोल्डस्टारको ‘बालेनले लगाएको जुत्ता’
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या ३५ नाघ्यो, २०० भन्दा बढी घाइते
विश्वकपमा इतिहासकै ठूलो परिवर्तन! नयाँ नियमले फुटबललाई ‘मेकानिकल’ बनाउने डर
रास्वपा मधेशका जिल्ला-पालिका अधिवेशन : कतै विवाद, कतै कुटाकुट
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
रास्वपाको प्रदेश अधिवेशन आजदेखि, बागमतीको रविले उद्घाटन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै
प्रतिक्रिया