तालिवानको स्कुल प्रतिबन्धबाट निराशा बढ्दै

 

अर्को शैक्षिक सत्रको लागि माध्यमिक विद्यालयमा केटीहरूलाई भर्ना गर्न तालिबानले प्रतिबन्ध लगाएकोमा निराशा बढ्दै गएको छ।

अफगान किशोरीहरूले आफू 'मानसिक रूपमा मृत' भएको महसुस गरेको बताएका छन। १२ वर्षभन्दा माथिका बालिकालाई विद्यालयमा पढाउन रोक लगाएको ९०० दिन बितिसकेको छ ।

यससँग सम्बन्धित मुद्दाहरू समाधान भएपछि तालिबानले बारम्बार प्रतिबन्ध फुकुवा गर्ने प्रतिवद्धता जनाउँदै आएको छ । यी मुद्दाहरूमा इस्लामिक "पाठ्यक्रम" पनि समावेश छ। यो साता नयाँ सत्रका लागि विद्यालय खुलेको यो तेस्रो वर्ष हो तर किशोरकिशोरीलाई भर्नामा रोक लगाइएको छ ।

 तालिवानका शिक्षा मन्त्रीलाई यसबारे सोधे पनि उनको तर्फबाट अहिलेसम्म कुनै जवाफ आएको छैन। तालिबानका प्रमुख प्रवक्ताले भने, 'प्रतिबन्ध हटाउनमा केही समस्या र कमजोरीहरू थिए।' युनिसेफका अनुसार यो प्रतिबन्धबाट करिब १४ लाख अफगान बालिका प्रभावित भएका छन् ।