इजरायलको रफाह आक्रमणसम्बन्धी प्रतिवद्धतापछि संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा गाजा भ्रमण गर्ने
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शनिबार गाजासँगको इजिप्टको सिमानाको भ्रमण गर्ने अपेक्षा गरिएको छ । महासचिव गुटेरेसको यो योजना इजरायलले अमेरिकाको समर्थन बिना पनि नजिकैको शहर रफाहमा हमाससँग लड्न आफ्नो सेना पठाउने बताएपछि बनेको हो ।
भ्रमणको क्रममा, गुटेर्रेसको मानवीय युद्धविरामको आह्वान दोहो¥याउने योजना छ । नयाँ अन्तर्राष्ट्रिय दबाबले गाजाको अधिकांश जनसङ्ख्याले शरण लिएको रफाहमा अहिलेसम्म इजरायललाई नियोजित स्थल आक्रमणबाट रोक्न सफल भएको छ ।
यस्तो कारबाहीले व्यापक नागरिक हताहत हुने र क्षेत्रमा व्याप्त मानवीय सङ्कटलाई अझ बिगार्ने चेतावनीको बावजुद, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणलाई अगाडि बढाउने बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाको समर्थनमा त्यसो गर्ने आशा ब्यक्त गर्दे आवश्यकताको आधारमा एक्लै लडार्इं गर्ने शुक्रबार इजरायल भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनसँग नेतान्याहूले बताउनुभयो ।
लगभग पाँच महिनाको लडाइँ रोक्न अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र भएका छन् । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म प्यालेस्टिनी क्षेत्रमा ३२ हजार ७० जनाको मृत्यु भएको र संयुक्त राष्ट्र सङ्घले आसन्न अनिकालको चेतावनी दिएको छ ।
“यो मानव निर्मित प्रकोप भएको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सी (युएनआरडब्लुए) का प्रमुख फिलिप लजारिनीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । उहाँले युद्धविराम र गाजामा खाद्यान्न आपूर्ति जीवन बचाउने सामानको एक मात्र समाधान भएको बताउनुभयो ।
“तत्काल युद्धविराममा सुरक्षा परिषद्को प्रस्तावको लागि पछिल्लो प्रयास शुक्रबार असफल भयो । चीन र रूसले अमेरिकी प्रस्तावलाई भिटो गरेका छन् भने यस सन्दर्भमा अरब सरकारहरूले असन्तुष्टि जनाएका छन् । कूटनीतिक स्रोतहरूले सुरुमा शनिबारका लागि मतदानको योजना गरिएको कडा युद्धविराम प्रस्तावमा मतदान गर्न थप छलफलको लागिसोमबारसम्म स्थगित गरिनेछ ।
प्रधानमन्त्री शाहले लगाएको गोल्डस्टारको ‘बालेनले लगाएको जुत्ता’
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या ३५ नाघ्यो, २०० भन्दा बढी घाइते
विश्वकपमा इतिहासकै ठूलो परिवर्तन! नयाँ नियमले फुटबललाई ‘मेकानिकल’ बनाउने डर
रास्वपा मधेशका जिल्ला-पालिका अधिवेशन : कतै विवाद, कतै कुटाकुट
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
रास्वपाको प्रदेश अधिवेशन आजदेखि, बागमतीको रविले उद्घाटन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै
प्रतिक्रिया