बलात्कार मुद्दामा फुटबलर रोबिन्होलाई नाै वर्षको जेल सजाय
फुटबलर रोबिन्होले ब्राजिलमा बलात्कार मुद्दामा नाै वर्षको जेल सजाय काट्नुपर्ने भएको छ ।
म्यानचेस्टर सिटी तथा रियल मड्रिडका पूर्वफरवार्ड रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी २२ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियाेगमा यस्ताे फैसला सुनाइएकाे जनाएकाे छ । ब्राजिलमा बस्दै आएका ४० वर्षीय ब्राजिलियन खेलाडीलाई सन् २०१७ मा इटालीको अदालतले दोषी ठहर गरेको थियो । ब्राजिलले आफ्ना नागरिकलाई सुपुर्दगी नगर्ने भएकाले इटालीको आग्रहअनुसार बुधबार ब्राजिलको अदालतले उनलाई ब्राजिलमा रहेर सजाय भुक्तानी गर्नुपर्ने आदेश दिएको हो । यद्यपि, उक्त आदेशविरुद्ध पुनरावेदन गर्न मिल्ने भएकाले उनी हाललाई पक्राउ भने नपर्ने वकिलहरूले जानकारी दिएका छन् ।
घटना भएका बेला उनी इटालियन क्लब एसी मिलानमा आबद्ध थिए । उनले इटालीमा फैसलाविरुद्ध पुनरावेदन गरे पनि सन् २०२० मा उक्त मुद्दा हारेका थिए । सन् २०२२ मा इटालीको सर्वोच्च अदालतले उनीविरुद्धको सजायलाई कायम गरेको थियो ।
इटालीका अधिकारीहरूले त्यसपछि रोबिन्होविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेको थियो । उनले उक्त घटना बलात्कार नभएर सहमतिमा भएको दाबी गर्दै आएका छन् ।
रोबिन्होले ब्राजिलका लागि १ सय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । त्यस्तै, रियल मड्रिडमा दुईवटा लिग उपाधि जितेपछि उनी सन् २००८ मा बेलायतमा तत्कालीन कीर्तिमानी ३.२५ करोड पाउन्डमा म्यानचेस्टर सिटीसँग अनुबन्ध भएका थिए । दुई सिजनपछि उनी एसी मिलान पुगेका थिए । त्यहाँ उनले ५ वर्ष बिताए । मिलानपछि उनी चिनियाँ टोली ग्वानझाओ एभरग्रान्डे हुँदै ब्राजिलको एट्लेटिको मिनेरो पुगेका थिए ।
प्रधानमन्त्री शाहले लगाएको गोल्डस्टारको ‘बालेनले लगाएको जुत्ता’
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या ३५ नाघ्यो, २०० भन्दा बढी घाइते
विश्वकपमा इतिहासकै ठूलो परिवर्तन! नयाँ नियमले फुटबललाई ‘मेकानिकल’ बनाउने डर
रास्वपा मधेशका जिल्ला-पालिका अधिवेशन : कतै विवाद, कतै कुटाकुट
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
रास्वपाको प्रदेश अधिवेशन आजदेखि, बागमतीको रविले उद्घाटन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै
प्रतिक्रिया