पाकिस्तानको पञ्जाबमा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु, ८ जना घाइते
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको फैसलाबाद जिल्लामा आइतबार बस र कार एक आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सो घटनामा अन्य आठ जना घाइते भएको पनि उद्धार सेवाले जनाएको छ।
यात्रुवाहक बसले लिंक रोडबाट आएको कारलाई ठक्कर दिँदा खुर्रियावाला सडकमा दुर्घटना भएको उद्धार सेवाले जनाएको छ ।
ठोक्किएपछि बसले सडकको डिभाइडर पार गरेर सडकको अर्को छेउमा रहेको ट्याक्टरको ट्रलीलाई ठक्कर दिएको थियो । त्यसपछि सडकको छेउमा रहेको होटलमा ठोक्किएर कारमा सवार चारजना र बस चालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
दुर्घटनालगत्तै घाइते पाँच जना यात्रुलाई अस्पताल लगिएको छ ।दुर्घटनाग्रस्त बस पञ्जाबको प्रान्तीय राजधानी लाहोरबाट उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहिस्तान जिल्ला जाँदै थियो।
चेक बाउन्समा सर्वोच्चको नजिर: साँवासँगै १० प्रतिशत ब्याज पनि तिर्नुपर्ने फैसला
संसदमा जंगिए ज्ञानेन्द्र शाही, करका दर हेरफेरबारे कसलाई थाहा हुन्छ ?
सुपारीखेतीमा इलामका किसानको लगाव
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्क…
तीन लाखबाट तल झर्यो सुनको मूल्य
केयरगिभरका लागि आवेदन दिन पासपोर्टको म्याद कम्तीमा एक वर्ष हुनुपर्ने
युद्धविरामपछि फेरि आक्रमण सुरु
प्रतिक्रिया