राष्ट्रपति पौडेल आगामी महिना जर्मनी जाने
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आगामी महिना जर्मनी भ्रमणमा जाने भएका छन् । सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा उनी आगामी महिना जर्मनी जाने भएका हुन् ।
जर्मनीको एकीकरण तथा जर्मनी–नेपाल सम्बन्धको ६५औँ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले जर्मनीका जनता राष्ट्रपति पौडेललाई आफ्नो भूमिमा स्वागत गर्न आतुर रहेको बताए ।
राजदूत प्रिन्जले भूकम्पपछिको पुनःनिर्माण होस् या कोरोना महामारीको समयमा जर्मनीले नेपाललाई निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि त्यसलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, पत्रकार, उद्योगपति, व्यापारी, कामको सिलसिलामा काठमाडौँमा रहेका जर्मनीका नागरिक, नेपाली समाजका प्रतिष्ठित व्यक्तिलगायतको उपस्थिति थियो ।
लेबनानका थप २० सहरका बासिन्दालाई घर छोड्न इजरायलको चेतावनी
विश्वकै पहिलो ट्रिलियनियर बने एलन मस्क, स्पेसएक्सको ऐतिहासिक आईपीओपछि सम्पत्ति …
च्याटजिपिटी संवादका कारण गयो युवतीकाे ज्यान, एआई विरुद्ध आत्महत्या दुरुत्साहन …
भारतीय सेनाको विमान दुर्घटना
विवादित अभिव्यक्ति दिएका प्रधानमन्त्री शाहद्वारा अपी हिमालको तस्बिर पोस्ट
दुई मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु, दुई गम्भीर घाइते
विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर
प्रतिक्रिया