इटालियन सिरि ए फुटबलमा एटलान्टाद्धारा ब्रेसिया पराजित , जितसंगैएटलान्टा दोस्रो स्थानमा

इटालियन सिरि ए फुटबलको अंक तालिकामा एटलान्टा दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।

मंगलबार राती भएको खेलमा ब्रेसियामाथि ६–२ को प्रभावशाली जित निकाल्दै एटलान्टाले लिगको दोस्रो स्थानमा उक्लिएको हो।

जितपछि ३३ खेलबाट शिर्ष स्थानकोयुभेन्ट्ससंगको दूरी ६ अंकमा पुराएको छ । यद्यपी युभेन्टसले ३२ खेलबाट ७६ तथा ३३ खेलबाट एटलान्टाले ७० अंक जोडेको छ ।

३२ खेलबाट ईन्टर मिलान र लाजियोले ६८ अंक पाएको छ । एटलान्टाको जीतमा मारियो पसालिकले ह्याट्रिक गरेका थिए ।