मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश
विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ ।
आज आइतबार बसेको प्रदेश संसद बैठकमा राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो । उनीविरुद्ध इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । मुख्यमन्त्री राईविरुद्ध ३७ जना सांसदको हस्ताक्षर रहेको अविश्वासको प्रस्ताव पेश गरिएको छ ।
२० फागुनबाट प्रदेशसभामा टेबुल भएको अविश्वास प्रस्तावमाथि पक्ष र विपक्षमा छलफल हुनेछ । अविश्वास प्रस्ताव पारित भए अर्को मुख्यमन्त्री चयन हुनेछ । र, अविश्वास प्रस्ताव पारित हुन नसके मुख्यमन्त्री शेरधन राईले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
विश्वासको मत लिएर राई कायम भए वा अविश्वास प्रस्ताव पारित भएपछि निर्वाचित हुने नयाँ मुख्यमन्त्रीविरुद्ध एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन । प्रचण्ड माधव समूहले मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेका छन् । अहिले कांग्रेस र प्रचण्ड माधव समूहबीच मुख्यमन्त्री कसलाई बनाउने भन्ने सहमति जुटिसकेको छैन ।
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो
मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका थुनुवाको मृत्यु
वैवाहिक बलात्कार र डिभोर्स मुद्दा मेलमिलापमा गएपछि बाटो ढुकेर पत्नीको हत्या
११ महिनामा २२२ जना लागूऔषध कारोबारमा पक्राउ
बालुवामा पुरिएर मजदुरको मृत्यु
प्रतिक्रिया