महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दैछ ।

दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा हिजोको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेको पार्टीको १४ औं महाधिवेशनसम्बन्धी कार्यतालिकाबारे छलफल हुनेछ ।कांग्रेसको हिजोको बैठकमा पार्टीको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका पेस भएको छ ।

कांग्रेसमा महाधिवेशनको मितिमा खासै विवाद भएपनि आन्तरिक कार्यतालिकामा सहमति छैन । नेता रामचन्द्र पौडेल समूहले पार्टीका तल्ला अधिवेशन जेठभित्रै गर्नु पर्ने बताइरहेको छ । भने संस्थापनले असार र साउनमा गर्नु पर्ने बताइरहेको छ ।