काभ्रेमा पहिलो पटक भेटियो कालो रंगको चितुवा

काभ्रे कालो रंगको चितुवा काभ्रेमा पहिलो पटक भेटिएको छ ।

बिरलै मात्रामा भेटिने कालो रंगको चितुवा बुधबार काभ्रेको पाँचखाल नगरपालिका ९ स्थित खरेल चोक जाने पक्की मोटर बाटोमा मृत अवस्थामा ब्ल्याक प्यान्थर फेला परेको हो ।

मृत अवस्थामा फेला परेको उक्त चितुवालाई वन कार्यालयले भने कालो ध्वाँसे चितुवा भनेको छ । कालो रंगको चितुवा ६ फिट लम्बाई र ३ फिट उचाइ भएको करिब ५० केजी तौल भएको उक्त चितुवालाई बुधबार नै पाँचखल नगरपालिकामा मुचुल्का उठाएर सदगत गरिएको छ ।