१७ वर्षीया भागरथीको हत्यामा दिनेशको फरक फरक बयानले नेपाल प्रहरी अनुुसन्धानमा सफल

बैतडीको दोगडाकेदार गाउँपालिका ६ अवस्थीत चुडेपानीकाी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार हत्या पश्चात प्रहरीले घटनामा विभिन्न संकास्पत व्यक्तिहरु माथि निगरानी गदै आएका थिए । प्रहरीले भागरथी भट्टको नजिक पढ्न जाने साथीहरुमाथि प्रहरीले एकवद्ध भएर उनीहरु माथि छलफल गरेका थिए । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका ६ अवस्थीत चुडेपानीका स्थानीयहरुमाथि अन्ुसन्धान गर्दै जादा १६ वर्षीया दिनेश भट्ट पनि त्यही भुङग्रोमा तानिए ।

दिनेश र भागरथी एउटै विद्यालयमा अध्ययनरत गर्ने भएकै कारण उनी माथि पहिला देखिनै हाम्रो विशेष निगरानी रह्यो अनुसन्धानमा खटिएको एक उच्च अधिकारीले वर्णनका सम्पादक नारयाण दाहाललाई बताए । भागरथी स्कुल गए देखि उनको हरेक गतिविधिलाई अनुसन्धानमा विशेष ध्यानकेन्द्रीत भएका थियौँ । त्यसपछि दिनेश भागरथी विद्यालयबाट घर नफर्किएको दिन माघ २१ गते विद्यालय गएको पुष्टि भएको थियो। उनी विद्यालय गएको पुष्टि हुनुलाई अनुसन्धानको एउटा बलियो खुट्किलो प्रहरीले पाएको थियो।
प्रहरीले स्थानीय सँग लिएको बयान अनुसार दिनेशलाई विद्यालयबाट घर फर्कने बेला एक्लै भेटेको बयान दिएका थिए । स्कुल प्रशासनबाट प्रहरीले बयान लिदा विद्यालय परिवारबाट उनको राम्रो टिपणी नदिएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई उनी माथि संखा गर्नै एउटा गर्विलो आधार रह्यो । प्रहरीले अनुसन्धानमा स्थानीय महिला र दिनेश सँग छुटा छुटै बयान लिदा उनीहरुले एक अर्कोलाई नचिनेको बयान दिएपछि दिनेश माथि प्रहरीले निगरानी बढायो ।

प्रहरीको छुटा छुटै टोलिले दिनेश माथि अनुसन्धान गर्दा कसैलाई छुट्टी हुनुभन्दा डेढ घण्टा अघि नै विद्यालयबाट घर गएको बताए। कसैलाई आधा घण्टा’ ती अधिकारीले वर्णनका सम्पादक नारायण दाहाललाई बताएकी यति हुँदा पनि हामी दिनेश नै हो भनेर पुष्टि गर्न सकिरहेका थिएनौं। उनीविरुद्धको अरु प्रमाण हामीसँग थिएन।’ भागरथीको न्यायका लागि स्थानीय तथा विभिन्न संघ सस्थाले आयेजना गरेको नाराजुलुसमा उनी निकै सक्रिय भएर प्रदर्शनमा उत्रिने गर्थे । प्रहरीको शंकाका घेरा भित्र दिनेश परे पनि प्रहरीले उनीमाथि प्रकाउ गर्न हिच्किचाईरहेको थियो ।

प्रहरीले भागरथीको घटना पश्चात स्थानी निकायका अगुवा,े सहपाठी, जनप्रतिनिधिहरुलाई अनुसन्धानमा सहयोग गर्न प्रहरीले पहिला देसिनै उनीहरुलाई विनम्र आग्रह गरेका थिए । घटना भएपछि विभिन्न उपाए अपनाई प्रहरीले बेग्ला बेग्लै दृष्किोणबाट अनुसन्धान गर्दा पनि प्रहरीले कुनै ठोस सुचना प्रहरीले पाएन् । प्रहरीले अनुसन्धान गर्ने क्रमममा फरक फरक बयान दिएका दिनेशलाई पुन बयान लिदा थप नयाँ र मजबु्त सूचना आउन सक्ने अनुसन्धानमा खटिएका प्रहरीले बताए । दिनेशले पहिला प्रहरीलाई फरक फरक बयान दिएपनि मंगलबार राति दिनेशले आफूले अपराध गरेको स्वीकार्न विवश र बाध्य भए । सोही बयानका क्रममा भागरथीको हत्या दिनेश आफुलेनै गरेको दिनेशले साबिती बयान दिएका छन् ।

भागरथीको घटनाक्रम
दिनेशले प्रहरीमा दिएको बयान अनुसार भागरगथीको हत्या आफुले बदलाभाव र योजनाबद्ध तरिकाले गरेको उनले बताएका छन्। उनी भारगथी भन्दा पहिल्यै विद्यालयबाट निस्किएर भागरथी आउने बाटो कुरेर लवलेक जंगलमा बसेका थिए।

भागरथी आउन साथ पहिला उनको किताब खोसेर फालेको र त्यसपछि कान्लाबाट धकेलेर उनलाई लडाएको दिनेशले बयानमा बताएका छन् । त्यसपछि घााटी थिचेर हत्या गरेको भनेर बयानमा दिनेशले बताएका छन् । बयानका क्रममा भागरथीलाई हत्या गर्नुपर्ने प्रमुख कारण आफनो फुपुमाथि असभय ब्यवहार गरेकोमा त्यसको बदलाभावका कारण भागरथीको हत्या गरेको दिनेशले प्रहरीका सामु बयानमा बताएका थिए । हत्यापछिको कारण यही नै हो वा अरु पनि छन् भन्नेबारे प्रहरीले निश्कर्ष निकालिसकेको छैन । घटनाको अवस्थामा हेर्दा आवेशप्रेरित जस्तो देखिएको अनुसन्धान अधिकारीले वर्णनका सम्पादकलाई बताउँछन्।