‘अदालतले विघटन सदर गरे, चुनावको तयारी गर्नुस्’ : अध्यक्ष थापा

हेटौँडा राप्रपाका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय सदर गरे चुनावको तयारीमा लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

आज हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै थापाले मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक रहेको चर्चा गरे।नेपाली समाज सनातन मूल्य, मान्यता, धर्म र संस्कृतिको जगमा खडा भएको छ भन्दै थापाले मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक रहेको चर्चा गरे।

सोही क्रममा थापाले भ्रष्टाचार, वेरोजगारी, धर्मपरिवर्तन र सर्वसत्तावाद अहिलेको प्रमुख समस्या भएको समेत उल्लेख गरे।