नायिका शुष्मा कार्कीले आफूमाथि कुटपिट भएको भन्दै दिइन् प्रहरीमा उजुरी

काठमाडौँ नायिका सुष्मा कार्कीले आफुलाई कुटपिट भएको भन्दै बिहान प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन्।

सोमबार काठमाडौँको लण्डन पब क्याफेमा पत्रकार उत्सव रसाइली र नायिका स्वेता खड्काकी बहिनी आरती खड्काले आफुलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् ।अनिता बास्तोलाको एनिभर्सरी मनाउन सो सुष्मा पनि साथीहरुसँग त्यहीँ पुगेको र सामान्य कुराकानी हुँदै गर्दा आरतीले आफूलाई कुटपिट गरेको सुष्माले उजुरीमा जनाएकी छन्।नायिका सुस्माले आफूमाथि भएको दुर्व्यवहार गरेको भिडियोसमेत रेकर्ड गरेको बताएकी छिन्।