प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ हेर्दाहेदैमा , भोलि पुन बहस हुने

काठमाडौँ प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरुको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमा कानून व्यवसायीहरूको बहस नसकिएपछि जारी सुनवाइ हेर्दाहेर्दैमा शुक्रबारका लागि तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले गत आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको थियो ।

आजको सुनुवाइमा वरिष्ठ अधिवक्ता तुलसी भट्टले वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती लगायतले बहस गरेका थिए । बहसमा संसद विघटन विरुद्धको मुद्दामा बिहीबार संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता भट्टले संविधानलाई ठीक ठाउँमा नराखिए अदालत पनि नरहने बताएका हुन् । ‘संविधानलाई ठीक ठाउँमा राखिएन भने यो अंग अदालत पनि रहँदैन,’ उनले भने ।सोही बहसमा यस्तै, वरिष्ठ अधिवक्ता उप्रेतीले भनेका छन् ,‘प्रधानमन्त्री कानुनले सिर्जित व्यक्ति हो । केपी शर्मा ओली भने प्राकृतिक व्यक्ति हो । त्यसैले कानुनबाट सिर्जित व्यक्तिले कानुनले तोकेकोबाहेक अरु काम गर्न नसक्ने बताउछन् ।