न्यायिक समितिको आयोजनामा दुई दिने आवशयक मेलमिलापको तालिम सम्पन्न

काभ्रे । पनौती नगरपालिकामा न्यायिक समितिको आयोजनामा दुई दिने आवशयक मेलमिलापको तालिम दिइएको छ ।

उक्त तालिममा मेलमिलापकर्ताको गुण , आचरण , महत्व, आवश्यकता कानुनी मस्यौदा, मेलमिलाप गर्न हुने विवाद, , न्यायिक समितिले हेर्न मिल्ने विवादका विषयमा सहजीकरण गरिएको थियो । नगरपालिकाका नगर प्रमुख भीम न्यौपाने तथा उपप्रमुख गीता बन्जाराको अध्यक्षतामा उद्घाटन सम्पन्न भएको थियो । तालिममा नगरपालिकाका ५४ जना मेलमिलापकर्ताहरुको सहभागिता थियो ।