प्रतिनिधिसभा विघटन मुद्दामा आज पनि बहस

काठमाडौं ।प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज पनि बहस जारी रहने भएको छ । हिजोदेखि संवैधानिक इजलासमा निरन्तर बहस शुरु भएको हो । आज पनि रिट निवेदकका तर्फबाट बाँकी कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।

हिजो पहिलो दिन रिट निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायी र प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराबीच सवाल जवाफ नै चलेको थियो ।कानुन व्यवसायीहरुले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने कार्य गैरसंवैधानिक भएको दावी गरे ।

अधिवक्ता डा भीमार्जुन आचार्यले बहस गर्दै नेपालको संविधानको धारा ७६ ९२० बमोजिम गठन भएको सरकारले प्रतिनिधिसभा विघटन गर्नै नसक्ने उल्लेख गर्दा प्रधानन्यायाधीश राणाले धारा ७६ ९३० बमोजिमको सरकार गठन गर्न नसक्ने अवस्था आएमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न सक्दैन र भन्ने प्रश्न गरेका थिए ।जबाफमा डा आचार्यले धारा ७६ ९३० बमोजिमको सरकार गठन गर्नसक्छ वा सक्दैन भन्ने बारेमा अदालतले विचार गर्ने होइन भनेका थिए ।आचार्यपछि अर्का अधिवक्ता सुनील पोखरेलले बहस गरेका थिए।

प्रधानन्यायाधीश जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा आइतबारबाट तथ्यमा प्रवेश गरी संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको हो ।