गोरखा स्थीत मनकामना मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको संङख्या बढ्दै

काठमाडौँ गोरखा स्थीत मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङंख्या बढ्दै गएको छ । शहीद लखन गाउँपालिकास्थित गोरखाको मनकामना मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएपछि स्थानीयहरु खुसी भएका छन् । कोरोना भाइरसका कारण नौ महिना देखि बन्द भई मंसिर २८ देखि खुला गरे पछि स्थानीहरु आफनो काममा पुन र्फर्केका छन् । गत मंसिर देखि मन्दिर खुल्ला गरेपछि दर्शनार्थीहरुको संङख्यामा वृद्धि हुदै गएको मनकामना मन्दिरका परिसरिका स्थानीयले बताँएका छन् । कोरोना भाइरसको जोखिम उतीकै भएकाले दर्शनार्थीहरुलाई स्वास्थ्यको मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुल्ला गरिएको मन्दिरका मुल पुजारी इन्सान थापाले जानकारी दिएका छन् ।