अख्तियारका पूर्वप्रमुख बस्न्यात विशेष अदालतमा हाजिर

काठमाडौँ अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्त्यात विषेश अदालतमा उपस्थित भएका छन्। अदालतले आज उनीसँग बालुवाटार, ललितानिवासको जग्गा हिनामिना प्रकरणबारे बयान लिनेछ।

बयानपछि थुनछेक बहस हुनेछ। विशेष अदालतले बयान लिएपछि धरौटीमा छाड्ने या पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्नेछ। विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा बस्नेतको बयान सुरु भएको छ।