घरेलु उद्यमीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध
प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले घरेलु उद्यमीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको ११औँ जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औँ जिल्ला भेलाको आज उद्घाटन गर्दै उहाँले घरेलु तथा साना उद्योग राष्ट्रको मेरुदण्ड भएकाले उद्यमीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
मन्त्री कुसियतले कोरोनाका कारण उद्योग क्षेत्र निकै प्रभावित भएकाले प्रदेश सरकार सहज वातावरण बनाउन प्रयत्नशील रहेको छ भन्नुभयो ।नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङका अध्यक्ष नरेन्द्र हुमागाईंले उद्यमीलाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो
मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका थुनुवाको मृत्यु
वैवाहिक बलात्कार र डिभोर्स मुद्दा मेलमिलापमा गएपछि बाटो ढुकेर पत्नीको हत्या
११ महिनामा २२२ जना लागूऔषध कारोबारमा पक्राउ
बालुवामा पुरिएर मजदुरको मृत्यु
प्रतिक्रिया