नेकपा संकटमा पर्दा किन बढ्दैछ अन्तर्राष्ट्रिय चासो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) यतिबेला संकटको घडिमा छ । कात्तिक २८ गते नेकपा अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले ओलीविरुद्ध अविश्वास प्रस्ताव पेश गरेसँगै पार्टीभित्रको द्धन्द्धको आगो दन्केको छ ।

प्रचण्डले सचिवालय वैठकमा दर्ता गराएको १९ पेज लामो प्रस्तावको जवाफ दिन ओलीले १० दिनको समय मागेका थिए । यद्यपी, त्यो दश दिन अब सकिन केही दिन मात्र बाँकी छ । त्यसपछि पार्टी रहने वा फुट्ने टुंगो लाग्ला । त्यसैले अहिले नेकपा संकट र विवादको चरम उत्कर्षमा छ ।

नेकपाका अधिकांश नेताहरु पार्टी बचाउनुपर्छ र एकताबद्ध बनाएर लैजानुपर्छृ भन्ने मत राख्छन् । तर, प्रचण्ड भने कि ओलीले सरकार छाड्नुपर्ने कि पार्टी फुट्ने गरी नै प्रस्ताव तयार गरेको बुझिएको छ ।

यसले ओलीलाई पनि ठूलो समस्याको चंगुलमा पारेको छ । नेकपा संकटको यो अवस्थामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरबाट समेत चासो बढेको छ । केही देशका नेता तथा राजदूतहरुले समेत चासो बढाउन थालेका छन् ।

पार्टी चौतर्फी संकटमा परेपछि सोमबार चिनिँया राजदूत हउ यान्कीले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता समेत गरेकी छन् । भेटका क्रममा यान्कीले पार्टीभित्रको विवाद समाधान र नेपाल चीन सम्वन्ध कायम गराउन आग्रह समेत गरिएको बुझिएको छ ।

अध्यक्ष प्रचण्डले पनि आफुले हरसम्भव कोशिस गर्ने आश्वास समेत भृेटका क्रममा दिएका थिए । यान्कीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरिसकेकी छन् ।

यति मात्र होइ्न, पार्टीभित्रको विवाद बढेकै बेला मंसिर ११ गते भारतीय विदेश सचिव समेत नेपाल आउँदैछन् । भारतीय विदेश सचिव हर्षबद्र्धन श्रीगंलाले नेपाल भारत सम्वन्ध र कुटनीति पहल गर्न आफ्नो भ्रमण रहेको बुझिएको छ ।
नेकपाभित्र बढ्दो विवाद र अन्तरकलह कै बीचमा पनि भारतीय स्थलसेनाध्यक्ष जर्नल मनोजमुकुन्द नारावर्ण तीनदिनको नेपाल भ्रमण सम्पन्न गरेर फर्किसकेका छन् ।

मिति किटान नभएपनि केही समय पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपाल आउने बुझिएको छ । नेकपाभित्र बढ्दै गएको संकट र झगडाका कारण अन्र्तराष्ट्रिय स्तरबाट समेत चासो बढ्दै जान थालेको छ ।

कोरोना महामारी बढेपछि नेकपाभित्रको विवाद कहिलेसम्म रहने हो त्यो भन्न सकिँदैन् । तर, यो बीचमा धेरै देशबाट नेकपा पार्टीभित्रको संकट समाधानका लागि अन्र्तराष्ट्रिय रुपमा हेरिएको चासो र चिन्ता स्वभाविक पनि छ ।