दसैंमा कैदीबन्दीलाई खसी उपहार
ओखलढुंगा-जिल्ला कारागार ओखलढुङ्गामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले दसैंका अवसरमा खसी हस्तान्तरण गरेका छन्।
मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीलाई सम्झिएको सांसद सुनुवारले बताएका छन् ।
विभिन्न घटनामा संलग्न भएर कानुनबमोजिम कारबाही भोगिरहेका भएपनि उहाँहरुमा समेत मानविय संवेदना रहेकाे प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारकाे तर्क थियाे ।
कैदीबन्दीलाई सांसद सुनुवारले कारागारमा फुर्सदमा बस्दा क्षमता विकास गर्न सुझाव दिएका छन् ।
पुस्तक पढ्ने, रेडियो सुन्ने, विभिन्न सीपमूलक काम सिक्ने जस्ता कार्य गरेर आफ्नो क्षमता बढाउन सकिने उनको भनाइ थियो ।
सांसद सुनुवारले २०७० सालदेखि दसैंका समयमा कैदीबन्दीलाई खसी सहयोग गर्दै आएका छन्।
खसी उपहार दिन कारागार पुगेका सांसद सुनुवार, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललगायतलाई कैदीबन्दीले आफूले बुनेको ढाकाटोपी उपहार दिएर पठाएका छन्।
प्रमुख जिल्ला अधिकारी पौडेलले कारागारमा क्षमताभन्दा बढी कैदी राखिनुपर्ने बाध्यता रहे पनि आन्तरिक व्यवस्थापन राम्रो गर्ने प्रयास भइरहेको बताइए ।
कैदीबन्दीबीचको एकता र मेलमिलाप चर्चायोग्य छ भन्दै प्रजिअ पौडेलले आगामी दिनमा पनि मिलेर बस्न आग्रह गरे।
कारागार समस्या समाधानका लागि माथिल्लो निकायमा सिफारिस गरिएको उनले बताए।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया