जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनपछि नेपालको आर्थिक गतिविधिमा मन्दी छाएको बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले जेन–जी आन्दोलनपछि मुलुकले कोल्टे फेरेको उल्लेख गर्दै त्यसैलाई न्याय दिने हिसावले सरकारले आफनो नीति, कार्यक्रम र बजेट तय गरेको पनि बताए ।
उनले कोभिडपछि मुलुकको अर्थतन्त्र लयमा फर्किन नसकिरहेको भन्दै त्यसलाई चलायमान बनाउने हिसावले सरकारले बजेट ल्याएको पनि बताए । उनले निजी क्षेत्रको लगानी पनि सुस्त भएकाले सरकारले उनीहरुलाई पनि झक्झक्याउने हिसावले आर्थिक गतिविधिलाई अघि बढाउन चाहेको उल्लेख गरे ।
अर्थमन्त्री वाग्लेले भने, “जेन–जी आन्दोलनपछि मुलुकको राजनीतिले कोल्टे फेरेको छ । त्यसलाई न्याय गर्ने हिसावले, प्रतिनिधित्व गर्ने हिसावले हामी अगाडि बढेकै हो । नेपालको अर्थमन्त्री मूलत यो कोभिडपछि हाम्रो अर्थतन्त्र लयमा फर्किन सकेको छैन । त्यसैले विगत वर्षदेखि यो कमजोर माग छ । बजारमा कुनै पनि कुराको डिमान्ड नै छैन । क्रय, विक्रय नै हुन सकिरहेको छैन । खर्च गर्न सक्ने त्यो शक्ति कि शिथिल छ, कि पलायन भएको छ । त्यसैले अहिले यो बजारलाई झक्झक्याउनु पर्दछ । अहिलेको बजेटले त्यो कुरालाई जोड दिएको छ । अर्को निजी लगानीमा असाध्यै सुस्तता छ । के हुने हो ? अनिश्चतता छ । जेन–जी आन्दोलनपछि एक किसिमको भय, त्रास पनि भयो । यो समग्र गतिविधिमा आर्थिक गतिविधिमा जुन मन्दी भयो ।”
अर्थमन्त्री वाग्लेले बजेटले तल्ला वर्गको उत्थानमा विशेष जोड दिएको जिकिर गरे ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया