जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

कैलाली-२८ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा जोशीपुर गाउँपालिका-३ बस्ने २८ बर्षीय राजन कठरियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कठरियाले ती महिलालाई सुतिरहेको कोठामा जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।