चाडपर्वकाे मुखमा एक महिना लामो लकडाउन, पूजापाठसहितका सबै कार्यमा राेक
सुनसरी-चाडपर्वकाे मुखमा इटहरी र धरानसहितका ठूला सहरी क्षेत्रमा तीव्र गतिमा कोरोना फैलिएपछि सुनसरीमा एक महिना लामो निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोनाको संक्रमण दर बढ्दै गएपछि एक महिनाभन्दा लामो निषेधाज्ञा जारी गरेको हो।
प्रशासनले एक बिज्ञप्ती जारी गर्दै भोलि कात्तिक १ गतेदेखि मंसिर ६ गते सम्मका ३६ दिन लामो निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञामा आउँदै गरेको चाडपर्वमा घर बाहिर भेला हुने, पूजापाठसहितका सबै क्रियाकलापमा रोक लगाइएको छ।
प्रशासनले सबै मठमन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बाहरूमा भेला हुन पनि निषेध गरेको छ। मन्दिर, मस्जिद र गुम्बाहरूमा केबल नित्य पूजाआजा मात्रै गर्न पाइनेछ । अन्य कार्यमा प्रशासनले रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार निषेधाज्ञाका क्रममा तिहारमा देउसी-भैलो समेत खेल्न पाइने छैन। यस्तै राजनीतिक दलहरूबाट गरिने कुनै पनि कार्यक्रम सन्चालनमा पनि रोक लगाइएको पोखरेलले बताए।
पछिल्लो समय राजनीतिक दलहरुले पार्टी प्रवेशका नाममा गतिविधि तीव्र बनाएपछि प्रशासनले यस्तो कदम चालेको हो।
चाडपर्व नजिकिएका बेला मठमन्दिरमा भिड बढेर संक्रमण फैलिने जोखिम उच्च रहेकोले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।
'मठमन्दिर, मस्जिद र गुम्बामा नित्य पूजा गर्ने एकजना बाहेक अन्यलाई प्रवेशमा रोक लगाएका छौं', उनले भने, 'चाडपर्वमा हुने शुभकामना आदानप्रदान कार्यक्रम, उद्घाटन र शिलान्यास, राजनैतिक दलको कार्यक्रमहरुमा पनि रोक लगाइएको हो।’

अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया