बालुवाटारमा थाल ठटाएर पत्रकारकाे प्रदर्शन

काठमाडौं- मंगलबार बालुवाटारमा थाल ठटाएर विभिन्न सञ्चार गृहबाट पीडित बनेका पत्रकार तथा कर्मचारीले प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवर्द्धन समिति र सञ्चार गृहका पीडित पत्रकार/ कर्मचारीले संयुक्त रूपमा प्रदर्शन गरेका हुन्।

श्रमजीवी पत्रकार ऐन कार्यान्वय नगर्ने/ नगराउने सरकार कहाँ छ भन्दै उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा थाल ठटाएर प्रदर्शन गरेका हुन्।

कानुन नमान्ने सञ्चार गृहको सूची सार्वजनिक गरी सरकारी विज्ञापन रोक्का गर्न र विदेश भ्रमण गर्न नदिई तिनलाई कानुनी कारबाही गर्न उनीहरूले माग गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सरकार खाेज्दे श्रमजीवीहरु । पत्रकार/कर्मचारीकाे पेटमा लात हानेर मालिकहरुले सडकमै...

Posted by जन्मदेव जैसी on Tuesday, October 13, 2020