बुटवल कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु
रुपन्देही - बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
देवदह नगरपालिका–१० का ७९ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज सोमबार बिहान मृत्यु भएको हो । उनलाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भए सँगै असोज २० गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।
भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । संक्रमित पुरुषको श्वास नलीमा समस्या दम र उच्च रक्तचापको दीर्घरोगी पनि थिए ।
प्रतिक्रिया