भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

बाँके -  भेरी अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका– १० ट्राफिक चोकका ८४ वर्षीय वृद्ध नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत वृद्धको शनिबार राति ९:५५ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते कोरोना सङ्क्रमण देखिएको थियो ।

यसैगरी कोहलपुर नगरपालिका- ८ निवासी ७१ वर्षीया महिलाको सोही अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि गए राति शनिबार मृत्यु भएको हो । ती महिलालाई गत १४ गते कोरोना संकंमण पुष्टि भएको थिए ।