मोटरसाइकल तोडफोड तथा नगद लुटपाट गरेको अभियोगमा पक्राउ

बझाङ - छबिसपाथिभेरा गाउँपालिका-१ सुङलामा से.१ ब ५९१ नम्बरको मोटरसाइकल तोडफोड तथा नगद ५० हजार रुपैयाँ लुटपाट गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २३ वर्षीय राजु गिरी समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले मादक पदार्थ सेवन थलारा गाउँपालिका-६ का वडा सचिव ज्ञान बहादुर बिष्टले चलाईरहेको उक्त मोटरसाइकल तोडफोड गर्नुका साथै उनको साथबाट उक्त नगद समेत लुटी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मटेलाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।