नियन्त्रित लागुऔषध सहित दुई पक्राउ
सुनसरी- इनरुवा नगरपालिका-७ वर्छवा चोकबाट नियन्त्रित लागूऔषध ८९ बोतल डाइलेक्स डिसी, ७ सय ६८ क्याप्सुल स्पास्मो प्रोक्सभोन, ४ सय २० नाइट्राभेट ट्याब्लेट र २ थान मोबाइल सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हरिनगर गाउपालिका-७ कविलासा घुस्की बस्ने १९ वर्षीय उपेन्द्र सरदार र सोही ठाउँ बस्ने १९ वर्षीय हरिशंकर सरदार रहेका छन् ।
भारतीय बजारबाट अवैध लागूऔषध लिई आउदैछन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले ज.८ प ५९३६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक उपेन्द्र र मोटरसाइकलमा सवार हरिशंकरलाई पक्राउ गरे को हो ।
उनीहरु उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया