नियन्त्रित लागुऔषध सहित दुई पक्राउ 

सुनसरी- इनरुवा नगरपालिका-७ वर्छवा चोकबाट नियन्त्रित लागूऔषध ८९ बोतल डाइलेक्स डिसी, ७ सय ६८ क्याप्सुल स्पास्मो प्रोक्सभोन, ४ सय २० नाइट्राभेट ट्याब्लेट र २ थान मोबाइल सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हरिनगर गाउपालिका-७ कविलासा घुस्की बस्ने १९ वर्षीय उपेन्द्र सरदार र सोही ठाउँ बस्ने १९ वर्षीय हरिशंकर सरदार रहेका छन् ।

भारतीय बजारबाट अवैध लागूऔषध लिई आउदैछन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले ज.८ प ५९३६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक उपेन्द्र र मोटरसाइकलमा सवार हरिशंकरलाई पक्राउ गरे को हो ।

उनीहरु उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।