अस्पतालको दुई तलामाथिबाट हामफालेका बिरामीको मृत्यु

विराटनगर - विराटनगरको विराटनर्सिङ होम अस्पतालबाट हाम्फालेका बिरामीको मृत्यु भएको छ ।
गाउँपालिका- ७ का ५३ वर्षीय अमृत गजमेर विराटनर्सिङ होम अस्पतालको दुई तलामाथिबाट हामफालेका मोरङको मिक्लाजुङ मृत्यु भएको हो । गजमेर आईसीयूमा उपचाररत थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार गजमेर १७ असोजमा अस्पताल भर्ना भएका थिए ।

फोक्सोमा गम्भीर समस्या देखिएको भन्दै चिकित्सकको सल्लाहमा उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

आईसीयूबाट गर्मी भएको बहाना बनाउँदै बाहिर निस्किएका गजमेरले आज (सोमबार)बिहान ५ः३० बजेतिर दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई गराएको छ । एसपी खड्काका अनुसार हामफालेर गम्भीर घाइते भएका उनलाई उद्धार गर्दै उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो ।