जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कञ्चनपुर - १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका-२ कञ्ज बस्ने ५५ वर्षीय चन्द्रकान्त लुहारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका लुहारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।