काठको तस्करीमा संलग्न दुई जना पक्राउ

बिहीबार म १ च ३०१ नं को बलेरो जीपबाट बेदकोट नगरपालिका–७ वसन्तपुरमा काठको तस्करीमा संलग्न दुई जना पक्राउ परेका छन । कञ्चनपुरको जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जीपमा फल्स बटम बनाई लुकाइछिपाइ तस्करी भइरहेको काठसहित बिहीबार दुई जनालाई पक्राउ गरेको हो ।

काठ र जीपको मुल्य जम्मा रु. १२ लाख ३० हजार रहेको छ ।

काठ तस्करी गर्दागदै पक्राउ पर्नेमा बेदकोट नगरपालिका–५ का २५ वर्षीय घनश्याम पन्त र शुक्लाफाँटा नगरपालिका–८ का २२ वर्षीय मोहन बोहरा रहेका छन ।

बरामद गरिएका सालका काठ १५ थान चिरान गरिएका र ती काठको लम्बाइ पाँच फिट एक इन्च, उचाइ तीन इन्च, चौडाइ चार इन्च रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बनाएका छन ।

पक्राउ परेका व्यक्तिलाई र बरामद गरिएको काठ र जीपलाई भने आवश्यक कारवाहीका लागि कञ्चनपुरको डिभिजन वन कार्यालयका राखिएको जानकारी छ ।