एक वर्षमा आईटी क्षेत्रले गर्यो ६७ अर्बको निर्यात

नेपालबाट सन् २०२२ मा करिब ५१ करोड ५० लाख अमेरिकी डलर अर्थात ६७ अर्ब ९३ करोड नेपाली रूपैयाँको सूचना प्रविधि सेवा निर्यात भएको छ ।
सर्वाङ्गीण विकास अध्ययन संस्था (आइआइडिएस) ले गरेको एक अध्ययनले सन् २०२२ मा मात्रै ५१५.४ मिलयन डलर बराबरको आइटी सेवा निर्यात भएको देखाएको हो। नेपालको आईटी क्षेत्रको निर्यात अघिल्लो वर्ष सन् २०२१ को तुलनामा ६४.२ प्रतिशतले बढेको छ । सन् २०२१ मा ३१ करोड ३९ लाख अमेरिकी डलरको निर्यात भएको थियो ।
१०६ वटा आइटी सेवा निर्यात कम्पनी, १४ हजार ७२८ सफ्टवेयर विकास तथा प्रविधिमा आइटी फ्रिल्यान्सर र ५१ हजार ७८१ अन्य सूचना प्रविधिमा केन्द्रित सेवामाआवद्ध फ्रिल्यान्सरले यो मात्रामा आइटी सेवा निर्यात गरेका हुन्।
आईआईडीएसले प्राइमरी डेटाको रूपमा ३८९ फ्रिल्यान्सर र ८६ आईटी कम्पनीको सहभागीतामा उक्त अध्ययन गरेको थियो । यस बाहेक १०० बढी सरोकारवालासँग परामर्स समेत गरिएको थियो ।

विशेष अदालतमा कुँवरको सक्रियताः कार्यभार सम्हालेको भोलिपल्टै चर्चित मुद्दाको फ…

विश्व मिडिया शिखर सम्मेलनले चीन-अफ्रिका सहयोग बलियो बनाउँने

दुर्गा प्रसाईंका समर्थकले एनआईएमबीका सहायक म्यानेजर पनेरुमाथि अभद्र व्यवहार

बिहानै महोत्तरी किन पुगे प्रधानमन्त्री ‘प्रचण्ड’?

सर्तअनुसार काम नगर्दा ५ कम्पनी कालोसूचीमा

जनहितमा बाधक कानुनमा सुधार गर्नुपर्छ– नेता गिरी

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

प्रतिक्रिया