एम्बुलेन्स दुर्घटना हुँदा कोरोना संक्रमित गम्भीर घाइते

धनगढी- एम्बुलेन्स दुर्घटना हुँदा बझाङमा एक कोरोना संक्रमित गम्भीर घाइते भएका छन् ।

बित्थडचिर गाउपालिका-७ को धरान भन्ने स्थानमा जयपृथ्वी नगरपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो ।

दुर्घटनामा गाउँपालिका-७ का ३७ वर्षीया पुरुष गम्भीर घाइते भएका हुन् ।

वडाध्यक्ष प्रसाद बहादुर विष्टका अनुसार भारतबाट आएर क्वारेन्टाइनमा बसेका ती व्यक्तिमा कोरोना पुष्टि भएपछि आइसोलेसनका लागि जिल्ला अस्पताल चैनपुर लैजाने क्रममा एम्बुलेन्स दुर्घटना भएको जानकारी दिए ।

एम्बुलेन्स चालकलाई भने केही नभएको उनले बताए ।

उनलाई रायल प्राथमिक स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याउने तयारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङले दुर्घटनाको कारण भने अनुसन्धान भइरहेको जनाएको छ।