चोरी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलाली - जिल्ला अदालत कैलालीबाट विभिन्न मितिमा चोरीसम्बन्धी कसुर मुद्दामा सजाय ठहर भई फरार रहेका ३ जना प्रतिवादीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा घोडाघोडी नगरपालिका-४ माघी बस्ने निराजन चौधरी, दिपेन्द्र चौधरी र २० वर्षीय रबिन चौधरी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई घोडाघोडी नगरपालिका-५ डोके बजारबाट पक्राउ गरेको हो ।

उनीहरुमध्ये निराजन उपर १ लाख ५४ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद, दिपेन्द्र उपर ७७ हजार रुपैयाँ र १५ दिन कैद तथा रबिन उपर ७७ हजार रुपैयाँ जरिवाना र १ महिना कैद सजाय ठहर भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।