सिरहा कारागारमा थप १९ कैदीबन्दीमा संक्रमण

सिरहा - सिरहाको कारागारमा थप १९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।एकै दिन कारागारका  १९  जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार शुक्रबार पीसीआर १९ जना कैदीबन्दीको रिपोर्ट पोजिटिभ आएको हो ।

कोरोना संक्रमण पुष्टि भएकामध्ये १८ महिला कैदीबन्दी छन् । यसअघि बुधबार ५९ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बुधबार र शुक्रबारको पीसीआर रिपोर्टअनुसार कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ७८ पुगेको छ । बुधबार आएको रिपोर्टमा ५९ जना कैदीबन्दीमा एकैसाथ कोरोना संक्रमण देखिएपछि अन्य कैदीबन्दीको पनि स्वाब संकलन गर्दै परीक्षण गराउन थालिएको छ ।