भाउजुलाई कुटपिट गरी हत्या गरेको आरोपमा देवर पक्राउ
भोजपुर- भाउजुलाई कुटपिट गरी हत्या गरेको आरोपमा भोजपुरमा प्रहरीले देवरलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको आरोपमा देवरलाई पक्राउ गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरी हत्या गरेका हुन् ।
प्रहरीका अनुसार भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया