अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ

कैलाली - धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट करिब २ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित सोही ठाउँ बस्ने २७ वर्षीय अभिषेक गौतमलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनकै घरमा लुकाई राखेको उक्त लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।